कोरोना संक्रमित युवतीसँगै आएका २ युवालाई ज्वरो



काठमाडौं : फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै आएका २ युवालाई ज्वरो आएको छ ।

संक्रमित युवतीसँगै कतार एयरवेजको फ्लाइट नम्बर ६५० बाट चैत ४ मा नेपाल आएका दुईजना युवक आइपुगेको खुलेको छ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवकहरु उदयपुरमा भेटिएका हुन्।

उनीहरु काठमाडौंबाट उदयपुर आएर क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेका छन्।

उनीहरुलाई ज्वरो पनि आएको छ। उनीहरुलाई ‘होम क्वारेन्टाइन’ मा राख्ने तयारी गरिएको मेयर दुर्गा कुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्