अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण ५० वर्षीय लिम्बुको मृत्यु



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण अमेरिकामा ५० वर्षीय एक नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र प्रेसरको समस्या थियो ।

कोरोनाभाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकाबाट सञ्चालित विश्वन्यूजले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्