लकडाउन भएपछि एक संचाकर्मीको बिहे स्थगित



वीरगन्ज : बीरगन्जका संचारकर्मी जाकिर हुसेनको बिहेको सम्पुर्ण तयारी भइसकेको थियो । न्युज २४ टिभीमा पर्सा जिल्लाको लागि क्यामरा पर्सन रहेका वीरगन्ज १० घडिअर्वाका जाकिरको बिहे यहि चैत १५ गते र १७ गते रिसेप्सन पार्टी गर्ने तय गरिएको थियो ।

आफ्नो दाम्पत्य जीवन सुरु गर्नको लागि तयारीमा जुटेका जाकिरको परिवार केही दिनयता अलमलमा परेको थियो ।

‘आज मंगलबार उनले घर मै बसेर साथीभाइ र इस्टमित्रलाई उनले म्यासेज पठाएका छन बिहे स्थगित भएको बारे । कोराना भाईरसले मेरो विहे र पार्टी रोकिएको छ ।’

‘यसबारे थप जानकारी पुनः मिति तय भएपछि जानकारी गराउछु । धन्यवाद !’ उनको म्यासेजमा उल्लेख गरेका छन् । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको लक डाउनले गर्दा दुई महिना पहिला तय गरिएको पत्रकार कै बिहे पनि हालको लागि स्थगित गरिएको हो।

उनले यसको लागि कार्ड समेत छापेर आफन्त, छर छिमेक, साथी भाइमा बाढी सकेका थिए । बिहेको लागि अन्य हुने सम्पुर्ण तयारी पनि पुरा भइ सकेको थियो तर कोरोना भाइरसका कारण अन्तिम चरणमा आएर स्थगित गरिएको पत्रकार मियाले बताए ।

बिहे र पार्टीको लागि मिति तय गरेर छापिएको कार्ड समेत बाडी सकेका छौ उनले भने, तर लक डाउनले गर्दा सवारी साधन पुर्ण रुपले थप भएको, जयन्ती जान पनि पाउदैन, पार्टी पनि गर्न पाउदैन त्यही भएर हालको लागि बिहेको सम्पुर्ण कार्यक्रम स्थगित गरिएको हो ।
यहि मिति १५ गते पर्साको चौकिया बैरिया ९ निवासी कलामुन नेशा खातुन सग बिवाह हुने तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्