कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा सहयोग



सुर्खेत : कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ ।

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

उनले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरुपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गरेका छन । प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस्