भारतको दिल्लीमा ज्याला मजदुरलाई राहतको प्याकेज ५ हजार



एजेन्सी– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा निर्माण कार्यमा संलग्न सबै कामदारहरू प्रत्येकलाई पाँच हजार दिने बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार केजरीवालले उनीहरूको दैनक भोजन खोसिएको भन्दै निर्माण कार्यमा संलगनहरूलाई ५–५ हजार दिने निर्णय गरेका हुन् ।

मुख्यमन्त्रीले सोमबार दिल्लीमा ‘लकडाउन’ को घोषण गरिएसँगै त्यहाँ कर्फ्यूको अवस्था हुने जानकारी गराए ।

केजरीवालले भने- ‘म बुझ्न सक्छु कि तपाईहरूले धेरै कष्ट भोग्नुपर्नेछ। हामी तपाईंको पीडा पूर्ण रूपमा हटाउन सक्दैनौं, तर हामी तपाईंको समस्याहरू कम गर्न सक्दो कोशिस गर्दैछौं। तपाईहरूको सबैको जीवन धेरै महत्वपूर्ण छ। यसैले यति धेरै कडा कदम चालिएको हो । म धेरै खुसी छु कि धेरै व्यक्तिहरु आज एक अर्कालाई सहयोग गर्दै छन्। यो हाम्रो भारतको सबैभन्दा ठूलो शक्ति हो।’

दिल्ली भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरहरूलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइनेछ। दिल्ली सरकारका एक वरिष्ठ अधिकारीले हिन्दुस्तान टाइम्सलाई भने- ‘दिल्ली बीओसीडब्ल्यू अन्तर्गत करिब चार लाख कामदारहरू दर्ता भएका छन्। पैसा सीधा तिनीहरूको खातामा जान्छ। धेरै जसो कामदारहरू शहरदेखि अर्को शहरको खोजीमा जान्छन् यस्तो अवस्थामा उनीहरूको रकम उनीहरूको पहिचान र प्रमाणिकरण पछि मात्र पाइन्छ। ’

यस अघि अरविन्द केजरीवालले यस महिनाको अन्त्यसम्ममा ५० प्रतिशत थप राशनको घोषणा गरेका थिए। यस बाहेक, दिल्ली सरकारले विधवा, अपाङ्ग र बुढ्यौली निवृत्तिभरण दोब्बर गर्ने आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्