आदेश उल्लङ्घन गर्ने पाँच पक्राउ


भीमदत्तनगर : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आदेश विपरीत सञ्चालन गरेका सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिए ।

“नियन्त्रणमा लिएकालाई साँझ छोड्र्छौँ”, उनले भने । प्रहरीले सूचना जारी गरी लकडाउनबारे माइकिङ समेत गर्दै आएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरले मङ्गलबार पनि लकडाउनलाई बेवास्ता गर्नेलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच पश्चिमी नाका गड्डाचौकीको अवस्था आज सामान्य रहेको छ । बिहानैदेखि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सशस्त्र प्रहरीलाई बजार, सीमा र राजमार्गमा बिहानैदेखि परिचालन गरिएको बताए । मङ्गलबार सीमामा अलपत्र परेका यात्रुको स्वास्थ्य परीक्षण गरी गन्तव्यतर्फ पठाइएको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको