सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या


धनगढी : कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ ।

“लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।” कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उनले जानकारी दिए ।

“कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भने, “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।” उहाँले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

“जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उनले भने, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुँदैछ ।” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ ।

काठमाडौँ बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौँ नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट ९पिपीई० उपलब्ध गराइएको हो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए ।

अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

गलकोट : बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा

एजेन्सी : आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४९ हजार १ सय

काठमाडौं : सीमामा नागरिक अलपत्र परेका नागरीकलाई स्वदेश फिर्ताको मागसहित दायर रिटमा न्यायाधीश हरिकृष्ण कार्कीको

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजार वनबासामा

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका बागलुङ ढोरपाटन नगरपालिका

काठमाडौं : नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई ५० करोड रकम

इजरायलका : इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनकी श्रीमतीमा पनि कोरोना

काठमाडौं : कुवेतमा एक जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।कुवेतस्थित नेपाली राजदूतावासले

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १–२ दिनमा विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख पुग्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका

बागलुङ : कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको