‘मेरो होटल क्वारेन्टाइनका लागि प्रयोग गर्नुस्’– नेतृ राउत



जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित होटल पावन मिथिलालाई त्यसका सञ्चालकले आवश्यक परे क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारसँग आग्रह गरेका छन् ।

राजपा नेपालकी वरिष्ठ नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिबासस्थित आफ्नो होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि प्रयोग गर्न प्रदेश सरकारसँग आग्रह गरेकी छन् ।

उनले भनिन,‘प्रदेश २ सरकारलाई आवश्यकता परेको खण्डमा मेरो होटललाई क्वारेनटाइनका निम्ति प्रयोग गर्न सक्नुहुन्छ ।’

कोरोना भाईरसको महामारीको त्रासको समयमा मैले आफ्नो तर्फबाट यस होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सरकारसँग निवेदन गर्दछु,’उनले भनिन्,’मेरो होटलमा ४५ वटा कोठाहरू र तीनवटा ठूला हलहरु छन् ।’ आवश्यकता परे त्यहाँ उपलब्ध सम्पूर्ण सामग्रीहरु समेत कोरोना संक्रमितका लागि हामी जतिबेला पनि दिन तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्