अभिनेता निखिल उप्रेती भन्छन्– आत्तिएर गलत सूचनालाई प्राथमिता नदिनुस्



काठमाडौं : सरकारले मंगलबारबाट चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् । ‘लकडाउन’को सदुपयोग गरौ भन्दै विभिन्न कलाकारले विभिन्न क्रियाकलाप गरिरहेका छन् । त्यस्तै अभिनेता निखिल उप्रेतीले पनि कोरोनाभाइरसबाट बच्न विभिन्न उपायहरु सिकाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभमा आएर उनले कोरोना भाइरस कसरी मौलायो र यसको रोकथाम कसरी गर्न सकिन्छ बताएका छन् । उनी भन्छन् “हामीले स्वच्छ खानपिन र स्वच्छ जीवन शैलीलाई बिर्सिंदै गयौं । जसले गर्दा यस्ता भाइरसहरु मजबुद हुँदै आए । हामीले पन्ध्र दिन मात्रै पनि स्वच्छ जीवन शैली अपनाउने, भीडभाडबाट पर बस्ने हो भने यो स्वतः ठिक हुँदै जान्छ । परै बाट सत्कार, सम्मान गरौं । पाहुना आउँदा हात खुटा धोएर घरभित्र बसालौं ।

धेरैको सम्पर्कबाट टाढा बस्यौं भने यो रोगबाट हामीले जित हाँसिल गर्न सक्छौं । आत्तिएर गलत सूचनाहरुलाई प्राथमिता नदिऊँ । हतास मनस्थितिले कहिले पनि जित हाँसिल हुन सक्तैन । आत्मवल बलियो पारौं ।”

प्रतिक्रिया दिनुहोस्