टी-ट्वान्टी वरीयतामा नेपाल यथावत



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टीट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।

यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेका छन् ।

नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्