फेरी स्थगित भयो प्रतिनिधिसभा बैठक



काठमाडौं : यही चैत १३ गते अर्थात भोलि बिहीबार दिउँसो १ बजे बस्ने गरि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरी स्थगित भएको छ । भोलि बस्ने बैठक चैत २३ गतेसम्मका लागि फेरी स्थगित भएको हो ।

यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक बिहीबार बस्ने गरी स्थगित भएको थियो ।

संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोनाभाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् ।

सरकारले हिजो मंगलबारदेखि यही चैत १६ गतेसम्म देशभस लकडाउन गरेको छ । २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गराएको छ ।

प्रतिनिधिसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ भने राष्ट्रियसभाले एक सूचना जारी गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्