लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई ‘उठबस’



दाङ : लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले ‘उठबस’ गराएका छन् । दाङमा प्रहरीले लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई ठाउँमा ठाउँ कारबाही गर्न थालेको छ ।

लकडाउनको पहिलो दिन अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले बुधबार बिना काम घर बाहिर निस्किएका व्यक्तिलाई ‘उठबस’ गराएको छ ।

घोराहीको मिलन चोकमा खटिएका प्रहरीले सडकमा आएका व्यक्तिलाई उठबस गराएको भिडियो यतिबेला सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यता दाङका प्रहरी प्रमुख जनक भट्टराईले भने लकडाउन अवज्ञा गर्नेलाई उठबस गराउन नपाइने बताए । अवज्ञा गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउन मातहतलाई निर्देशन दिएको उनले बताए ।

भिडियो : रोशनमान श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्