मुलुकको शासन व्यवस्था सञ्चालन हुने सिंहदरबार सुनसान (फोटोफिचर)



काठमाडौं : मुलुकको शासन व्यवस्था सञ्चालन हुने ठाउँ हो– सिंहदरबार । सधै भिडभाड एवं चहलपहल रहने सिंहदरबार आजभोली सुनशान रहेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री, नेता, कर्मचारीदेखि सर्वसधारण सेवाग्राहीहरु आउँन छोडेपछि सिंहदरबार सुनसान भएको हो ।

मुलुकको शासन व्यवस्था सञ्चालन हुने सिंहदरबारमा अहिले भिडभाड नै छैन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट जोगिन सरकारले अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द गर्ने घोषणा गरेसँगै सिंहदरबार मात्रै नभई काठमाडौंको सडक समेत सुनशान देखिन्छ । सिमित कर्मचारी, सुरक्षाकर्मी बाहेक अन्य सेवाग्राही सिंहदरवारमा देखिन छोडेका छन् ।

फोटो : बिनोद थापा

प्रतिक्रिया दिनुहोस्