नेपाली श्रमिकको मनोबल कायम राख्न दूतावासलाई मन्त्री यादवको निर्देशन



काठमाडौँ– कोरोना भाइरसको महामारी फैलिरहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाहिरका श्रमिकको सुरक्षा र सहजताका लागि विभन्न देशको राजदूतहरूसँग वार्ता गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँगै स्मलेसिया, इजरायल, जापान, कोरिया, अफ्रीकाका राजदूतहरूको बीच भिडियो वार्ता भएको हो ।

वार्तामा नेपाली श्रमिक बेरोजगार भएपनि खाना र बस्नको लागि सम्बन्धित दूतावासले पहल गरि व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

नेपालीहरूको मनोबल कायम गर्न हर प्रयास गर्न मन्त्री यादवले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्