भरतपुरमा स्थापना भएको कोरोना अस्पतालले माग्यो स्वास्थ्यकर्मी



चितवन : चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मी माग गरेको छ ।

अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहितको स्वास्थ्यकर्मी माग गरेको हो । आज एक सूचना जारी गरी स्वास्थ्यकर्मी जरुरी भएकोले चैत १३ गते साँझ ५ बजेसम्म सम्पर्कमा आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्