दिवाकरको ‘कल टु डाक्टर’ अभियान



जनकपुरधाम : कोरोनाभाइरसको लक्षण बाहेकका समस्या समाधानका लागि जनकपुरधामका युवा अभियानि दिवाकर उप्रेतीले ‘कल टु डाक्टर’ अभियानको शुरुवात गरेका छन् ।

नेपालभरि छरिएर रहेका नेपाली नागरिकलाई कोरोनाभाइरसको लक्षण बाहेकका अन्य स्वास्थ्य सम्बन्धि समस्या देखिए यस अभियानबाट प्रकाशित डाक्टरहरुको नाम, फोन नम्बर र समय छनौट गरि फोनमै आफ्नो समस्या राखेर त्यसको समाधान गर्न सकिने अभियन्ता उप्रेतीले बताए ।

कल टु डाक्टर अभियानबाट सामान्य बिरामीले पनि आफुलाई अनुकूल पर्ने डाक्टरहरुलाई सहजै फोन गरेर समस्या समाधान गर्न मद्दत गर्ने उनले जानकारी दिए ।

अभियन्ता उप्रेतिले भने, ‘एउटा अभियानीको नाताले यस्तो अवस्थामा सबैको साथ र सहयोग गर्ने खालको अभियान सञ्चालन गर्ने दायित्व सम्झेर मैले आफ्नो तर्फबाट यसको शुरुवात गर्ने प्रयास गरेको छु ।’

फेसबुकबाटै सञ्चालित हुने यस अभियान अन्तर्गत डाक्टरहरुको नाम र नम्बर पनि कल टु डाक्टर अभियानको ग्रुपमै उपलब्ध गराईने उनले जानकारी दिए।

सरकारले लकडाउन गरेपछि मानिसहरूमा थुप्रै त्रास उत्पन्न भएको छ । मौसमी परिवर्तनको कारण लाग्ने रुघाखोकीलाई पनि कोरोना भाईरस हो कि भन्ने त्रास देखिएको छ ।

यस्तैखाले समस्याहरुलाई मध्यनजर गर्दै आफुले कल ट डाक्टर अभियान शुरुवात गर्न लागेको युवा अभियन्ता दिवाकर उप्रेतिले बताए ।

प्रतिक्रिया दिनुहोस्