सिडिओ कार्यालयमा लकडाउनको बेला सवारीसाधनको पास लिनेको भीड (भिडियोसहित)



काठमाडौँ– कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लक डाउन गरेको छ तर जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसर बबरमहलमा बुधबार भिड देखियो ।

कोभिड–१९ को सङ्क्रमणका कारण लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेको भिड भएको हो । सरकारले जारी गरेको पास नलिइकन चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

सरकारले लकडाउनका बेला पनि अत्यावश्यक सेवा निर्वाध सञ्चालन गरिरहेको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्