प्रदेश २ मा कोरोनाका ३५ जना शंकास्पद, ९ जनाको स्वाब ल्याबमा



जनकपुरधाम– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको प्रभाव प्रदेश २ मा समेत देखिएको छ ।

प्रदेश २ मा कोरोनाका ३५ जना शंकास्पद व्यक्तिहरू भेटिएको र उनीहरू सबैलाई महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको क्वारेन्टाईनमा राखि चेकजाँच भइरहेको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का बिभिन्न जिल्लाहरूमा ३५ जना शंकास्पद व्यक्तिहरू भेटिएपछि उनीहरूलाई क्वारेन्टाइन राखेर चेकजाँच गरिएको जानकारी दिए ।

मन्त्री यादवले दिएको जानकारीअनुसार शंकास्पद ३५ मध्ये २६ जनालाई चेकजाँच पश्चात घर फिर्ता पठाइएको र बाँकी ९ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

उनले भने– ‘त्यहाँबाट रिपोर्ट आएपछि यदि कसैमा पोजेटिभ भेटिए प्रदेशले व्यवस्था गरेको आइसोलेश वार्डमा राखि उनीहरूको उपचार गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्