सर्वोच्चका पूर्वन्यायाधीश शर्माको निधन



काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको निधन भएको छ। शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको हो। २००४ साल असारमा जन्मेका शर्मा पछिल्लो समय मेडिसिटि अस्पतालमा उपचाररत रहेका थिए। सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायका अनुसार उनी  मृगौल रोगबाट पीडित थिए।

 

०६५ माघदेखि ०६८ चैतसम्म उनले सर्वोच्च अदालतको स्थायी न्यायाधीशको रुपमा काम गरेका थिए।  २०४५ सालमा उनी बाग्मती अञ्चलका अञ्चाधिश समेत भएका थिए। २०४८ साल कात्तिकमा उनी पुरनरावेदन अदालतका न्यायाधीश भएका थिए।

 

 २०६२ साल पुसमा जनकपुर पुनरावेदनको मुख्य न्यायाधीश भएका उनी २०६५ सालामा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। ३ वर्ष सर्वोच्च अदालतमा स्थायी न्यायाधीश हुँदै उनले वरिष्ठ न्यायाधीशको रुपमा अवकाश पाएका थिए । 

 

शर्माले सर्वोच्चमा रहँदा दर्जनौ ऐतिहासिक फैसला गरेका थिए। शर्माले तत्कालीन नेपाली कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अपहेलना मुद्दामा फैसला गरेका थिए।

 

कुनै पनि अभिव्यक्तिले अवहेलना नहुने भन्दै उनले फैसला सुनाएका थिए। कोइरालाले लाउडा प्रकरणमा अदालत नारायहिटीमा सर्दा हुन्छ भनि आसयले दिएको अभिव्यक्ति दिएकोमा अवहेना ठहर नहुने फैसला सुनाएका थिए। 

 

२०६६ जेठ २८ गते भएको उक्त फैसलामा अदालतको अवहेलना कुनै यान्त्रिक सुत्रमा आबद्ध गरी मुल्यांकन गर्न नसकिने भन्दै निवेदन खारेज गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्