कोरोनाका कारण स्पेनमा एकै दिन ७३८ जनाको मृत्यु



काठमाडौं : कोरोना भाइरसका कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३हजार ४ सय ३४ पुगेको हो ।मृत्यु हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।

स्पेन चीनभन्दा पनि अघि पुगेको छ, जहाँ यो महामारीको उत्पत्ति भएको थियो । चीनमा कोभिड(१९ का कारण तीन हजार २८७ जनाको मृत्यु भएको छ । तर अर्को युरोपेली मुलुक इटालीमा मृत्यु हुनेको संख्या सबभन्दा बढी छ । जहाँ ६ हजार ८२० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्