महानगरले कोरोना संक्रमण रोक्‍न सडकमा औषधि छर्किदै


काठमाडौं : काठमाडौं महानगरपालिकाले आज (बुधबार)देखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कन थालेको छ ।

कोरोनाभाइरस संक्रमण रोकथान गर्न महानगरपालिकाले महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको हो ।

काठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीनवटा ट्याङ्करमार्फत किटनाशक औषधि छर्किने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विश्वव्यापी महामारीका रूपमा फैलिदैँ गइरहेको कोरोनाभाइरसको संक्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको बताए ।

‘काठमाडौं महानगपालिकाले बढी भीडभाड हुने भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजार, वीर अस्पताल अगाडिलगायतका स्थानमा आजबाटै कीटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको छ, सार्वजनिक स्थानमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ’ शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : थप तीन जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएको पुष्टि भएपछि सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज (शनिबार)