लकडाउनको समयमा मदिरा पसल खोल्ने संचालक पक्राउ



काठमाडौं– लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

चन्द्रगिरी नगरपालिका–१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्