‘लकडाउन’ को उलंघन गर्ने १३ जना बारामा पक्राउ



वीरगन्ज– सरकारले कोरोना भाइसर कोभिड १९ नियन्त्रण गर्न लागु गरेको लक डाउन को उलंघन गर्ने १३ जनालाई बारा प्रहरीले पक्राउ गरी कारवाहीको प्रकृया अगाडी बढाएको छ ।

बुधबार बाराको कलैया लगायत विभिन्न ठाउँमा स्थानिय प्रशासनले लागु गरेको निषेधाज्ञाको अवज्ञा तथा उलंघन गर्ने १३ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा बुझाईएको बाराका प्रहरी प्रवक्ता एवं डिएपी गौत्तम मिश्राले बताए ।

पक्राउ परेका माथि संक्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने छ । त्यसैगरी निषेधाज्ञाको उलंघन गर्ने ११६ वटा मोटरसाईकल, १ वटा अटो, १ ट्रयाक्टर र सेन्ट्रो गाडी नियन्त्रणमा लिई कारवाही गरिएको उनले बताए ।

सरकारले गरेको निर्णय तथा स्थानिय प्रशासन द्धारा जारी भएको निषेधाज्ञा आदेशलाई पालना गराउँने क्रममा सवारी साधन सहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए । कोरोना भइरसबाट हनुे संक्रमणलाई नियन्त्रण गर्न स्थानिय प्रशासनले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा (कफर््यु) जारी गरेको थियो ।

सरकारले गरेको लकडाउन को निर्देशनलाई सक्त रुपमा पालना गराउँनको लागि स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारको प्रयोग गरी जिल्लामा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको थियो ।

निषेधाज्ञा अवधी भर जिल्लामा खाधान्न, फलफुल तथा तरकारी, दुध, पानी, इन्धन, औषधि बोकेको मालबाहक सवारी साधन र एम्बुलेन्स बाहेक अन्य सवारी साधन ( मोटरसाइकल ) सचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

निषेधाज्ञा समय अवधिभर अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन स्थानियमा आजपनि अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै निषेधाज्ञा जारी भएको समयमा कुनैपनि धार्मिक, सामाजिक, सांस्कृतिक, राजनैतीक, खेलकुद कार्यक्रम, विवाह, ब्रतबन्ध, भेला नगर्न नगराउँन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित द्धारा हस्ताक्षित विज्ञप्तीमा भनिएको छ, सुरक्षाकर्मीबाट सवारी संचालनको अनुमति प्राप्त नगरी जबरजस्ती सवारी चलाउँने व्यक्ति तथा सवारीसाधनलाई नियन्त्रणमा लिई कडा कारवाही गरिने छ ।

खाद्यान्न, औषधी, ग्यास, तरकारी पसलमा भिडभाड नहुने गरी आफनो व्यवसाय नियमित रुपमा संचालनमा ल्याई शुलभ दरमा विक्री वितरण गर्न आग्रह प्रजिअले गरेका छन । मूल्य बृद्धि, समान लुकाई कालाबजारी गर्ने गरेको सूचना पाएमा कडा कारवाही गर्ने चेतावनी समेत उनले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्