भीडभाड हुन नदिई अतिआवश्यक उपभोग्य वस्तुहरु उपलब्ध गराउन महानगरको तयारी



वीरगन्ज : प्रदेश २ को एक मात्र वीरगन्ज महानगरपालिकाले आफ्नो जनतालाइ अतिआवश्यक उपभोग्य वस्तुहरु उपलब्ध गराउन सरोकारवालासँग छलफल गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी बनाइै भिडभाड हुन नदिइ सर्वसाधारणको घरसम्म खाधान्न लगायत अतिआवश्यक सामाग्री सहज रुपमा पुर्याउन बुधबार सरोकारवालासँग छलफल गरेको हो ।

लकडाउनसँगै जनतामा परेको असजतालाइ हटाउँदै भिडभाड हुन नदिई अतिआवश्यक उपभोग्य वस्तुहरु उपलब्ध गराउन महानगरपालिकाले तयारी थालेको हो ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको पहलमा स्थानीय प्रशासन, उद्योगी व्यवसायी ओषधी तथा एवम खुदरा व्यवसायी सम्मिलित बैठकले भिडभाड नगराई अतिआवश्यक वस्तु नागरिकलाई उपलब्ध गराउने बारे छलफल भएको हो ।

ग्याँस, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु पाउन कठिन भएको र चर्को मूल्यवृद्धि भएको गुनासो आएपछि महानगरपालिकाले सम्बन्धित सबैलाई बोलाएर यस्ता वस्तुहरु सहज रुपमा उपलब्ध गराउने वातवरण बनाउन आग्रह गरे ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, उद्योग वाणीज्य संघ वीरगंजका अध्यक्ष गोपाल केडिया, उद्योगी सुवोध गुप्ता, ग्यास ब्यवसायी मनोज दास, औषधी व्यवसायी संघका प्रतिनिधि, तरकारी विक्रेतासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

औषधी, ग्याँस, तरकारी तथा खाद्यान्न सहज रुपमा वितरण गर्ने व्यवस्था गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्