भारतबाट आएका व्यक्तिको क्वारेन्टाइनमा मृत्यु, कोरोना पुष्टि हुन बाँकी



पोखरा : भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई गाउँपालिकामै बनाएको क्वारेन्टाइनमा राख्ने गरेको थियो ।

क्वारेन्टाइनमा राखिएका त्यहाँका ५० वर्षीय विश्वबन्धु नेपालीको बुधबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङले पुष्टि गरेकी छन् । उनी १२ दिनअघि नेपाल आएका थिए।

उनमा कोरोनाको संक्रमण भने देखिएको थिएन । मृत्यु भएको विशवबन्धुमा मुटु, कलेजोलगायतका रोगको समस्या भने भए बुझिएको उपाध्यक्ष गुरुङले बताइन् ।

नेपालीमा कोरोना संक्रमणको यकिन गर्न नमूना संकलन गरिसकिएको प्रदेश प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् । उक्त नमुना भोलिमात्र परीक्षणका लागि काठमाडौं पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्