बुढो भएपछि अमिताभले यसरी पोखे रिस …



एजेन्सी : बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । प्रायः विभिन्न विषयमा आफ्नो धारणा, फोटो तथा विभिन्न भिडियो सेयर गरिरहन्छन् ।

यसैक्रममा अमिताभले आफ्नो जवानीको तस्बिर सेयर गर्दै लेखेका छन्, एक पटकको कुरा हो …. न कुनै वर्ष जान दिइयो, सायद आजभोलिका युवाहरुका बुबाआमाले आजसम्म उनीहरुको बारेमा सोचेका पनि छैनन् । धिक्कार छ म बुढो भएँ ।

फोटोको क्याप्सनमा उनले आफ्नो रिस पोखेका छन् । उनलाई आफू बुढो भएकोमा दुख लागेको छ । उनको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त फोटोलाई १ लाख लाइक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्