चीनले चेक रिपब्लिकलाई पठाएको ८० प्रतिशत कोरोना परीक्षण किट नक्कली



एजेन्सी : चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्धारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको खुलासा गरेको छ ।

चेक रिपब्लिकको वरिष्ठ पत्रकार विल ह्याटनले उक्त समाचारलाई टवीट्लाई चीनद्धारा पठाइएको किटले गलत नतिजा दिने गरेको उल्लेख गरेको छन् ।

चेक रिपब्लिकलाई काम नलाग्ने किट पठाएको कुराको चर्चा नेपाली वृतमा पनि हुन थालेका छन् । बुधबार मात्र चीनले नेपाललाई पनि कोरोना परिक्षणको २ हजार किटहरू पठाएको छ । चेक रिपलिब्कमा जस्तै नेपालमा पनि उक्त किटहरुले सही नतिजा नदेखाउला भन्दै चिन्ता व्यक्त हुन् थालेको छ ।

प्रतिक्रिया दिनुहोस्