संक्रमित युवतीसँगै नेपाल आएकामध्ये एक जना रौतहटका



रौतहट : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोनाभाइरस (कोभिड–१९)को संक्रमित युवतीसँगै आएका १ सय २५ जना नेपालीमध्ये एक जना रौतहटका पनि रहेको सार्वजनिक भएको छ ।

गत चैत ४ गते कतार एयरवेजको फ्लाइट ६५० मा रौहटका शेख अख्तर मोहम्मद रहेका थिए । उनको नागरिक नम्बर ३०३८ रहेको छ ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रममा ती युवकको नाम सार्वजनिक भएको हो । उनीहरुसँगै १ सय २५ जनासमेत रहेका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस संक्रमण भएको मंगलबार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरु गरेका थिए । सोही क्रममा उनीहरुको नाम सार्वजनिक भएको हो ।

कोरोना संक्रमण पुष्टि भएकी यी नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौंमा उपचार भइरहेको छ । यद्यपी उनको नाम र ठेगाना गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्