कोरोना आंशकामा ६ जना आइसोलेसनमा, १० जना क्वारेन्टाइनमा



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको छ भने १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

६ जनालाई आइसोलेसनमा राखेर चिकित्सकले चौबिसै घण्टा निगरानी बढाएका छन् ।

कोरोनाभाइरस संक्रमण भएकी किशोरीसहित ६ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । साथै अन्य १० जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार हालसम्म ६ सय १० जनाको नमुना परीक्षण गरिएको छ । तीमध्ये २ जनाको पोजेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरससँग सम्बन्धित विषयमा ५ हजार दुई सय ३१ वटा कल आएको उनले बताए ।

मुलुकका ठूला अस्पतालमा भीडभाड घटाउन विस्तारित सेवा बन्द गर्न निर्देशन दिइएको डा.देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्