असुरक्षित मास्क वितरण नगरौं : जनस्वास्थ्यविज्ञ पाण्डे



काठमाडाैं : काेराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्।

अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ।

अहिले हामीले प्रयोग गरिरहेको मास्क कस्तो हो? स्वस्थ मानिसले मास्क प्रयोग गर्न कति उचित हुन्छ?

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे, को टिप्स यस्तो छ।

स्वस्थ्य व्यक्तिको लागि मास्कको आवश्यकता छैन। अझ घरमा बसेको बेला मास्क लगाउनु जरुरी हुँदैन। मास्क लगाउने ३ वटा समूहले मात्र हो।

१. संक्रमित व्यक्तिले -अन्य व्यक्तिलाई नसरोस् भनेर।

२. रुघाखोकी लागेका व्यक्तिले।

३. बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्यकर्मीले।

मास्कको सर्टेज भएसँगै अहिले धमाधम कपडाको मास्क सिलाएर बाँड्ने लहर चलेको छ। कपडाका मास्क लगाउनु तथा मेडिकलले बेच्ने सर्जिकल मास्क लगाउनु भनेको नाकमुखमा भलिबलको जाली लगाएजस्तै हो। यी मास्कले ४.५ नानोग्राम भन्दा सानो कोरोना भाइरसलाई रोक्न सक्दैनन्।

मास्क सिलाउने वा बनाउने हो भने सरकारले विदेशबाट फिल्टर किनेर मास्क बनाउनेलाई वितरण गर्नुपर्दछ। फिल्टर भयो भने सुरक्षा हुनेछ।

जुनसुकै पनि मास्क एयर टाइट हुने गरि मुहारमा लगाउनुपर्छ। मास्क प्रयोग गरेपछि सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ। खल्तीमा, ब्यागमा राख्नु हुँदैन। घरभित्र लैजानु हुँदैन।

मास्कलाई हातले छुनु हुँदैन। कपडाको मास्कमा चारैतिरबाट हावा छिर्ने सम्भावना धेरै हुन्छ। कपडाको मास्क धोएर प्रयोग गर्दा त्यसका तन्तु खल्बलिएर झन् ठूला प्वाल पर्दछन्। त्यस्तै फोमका मास्क झन् छिद्रवाला हुन्छन् ।

बजारमा जस्ता पायो त्यस्ता मास्क किन्नु हुँदैन। मास्क सुरक्षाको लागि लगाउने हो, फेसनको लागि हैन। अप्रमाणित/असुरक्षित मास्क निर्माण तथा वितरणमा रोक लगाउनु पर्छ।

स्वास्थ्यकर्मी जो कोरोना संक्रमित व्यक्तिसँग प्रत्यक्ष रुपमा संसर्गमा रहन्छन्, उनीहरुको लागि सरकारले एन ९५ मास्क उपलब्ध गराउनु अनिबार्य छ। कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकोले स्वास्थ्यकर्मीले गगल्स लगाउनु जरुरी छ।

हेड क्याप, फेस शिल्ड, हियरिंग एड, respiratory device, गाउन, ग्लोभ्स, shoes लगायत लगाउनको लागि तथा ह्याण्ड स्यानिटाइजर, ह्याण्ड वास लगायतका सामग्री उपलब्ध गराउनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्