विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह



काठमाडाैं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रोजगारका लागि गएका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन नेपाली नागरिक जहाँ रहेका छन्, त्यहीँ सुरक्षित रहन उनले आग्रह गरेका हुन्। मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकास्थित नेपाली नागरिकको अवस्था बुझ्न बुधबार आयोजित भिडियो सम्मेलनमार्फत उहाँले नियोग प्रमुखहरूमार्फत नेपाली नागरिकको अवस्थाको जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो सम्मेलनमा छलफल भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्