कोरोना माहामारी विश्वका १ सय ९८ देश र क्रुजसीपमा, २१ हजार बढीको मृत्यु



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देश र एउटा पानीजहाज (क्रुजसीप)मा फैलिएको छ । यो संक्रमणबाट विश्वमा चार लाख ६८ हजार ९ सय ५ जना संक्रमित भएका छन् ।

विश्वभर प्रकोपका रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण आज (बिहीबार) बिहानसम्म २१ हजार २ सयको मृत्यु भइसकेको छ ।

विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोरोना संक्रमणबाट इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो पटक मृतकको संख्यामा वृद्धि भएसँगै इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जना मृत्यु भएका छन् । यो चीनको तुलनामा धेरै हो ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४ लाख ६८ हजार ९ सय ५ जनामा संक्रमण देखिएकोमा १ लाख १४ हजार २ सय १८ जना उपचारपछि निको भएका छन् ।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्