कामपाको अपिलः कुहिने र नकुहिने फोहोर छुटाई व्यवस्थापन गरौं



काठमाडौं– काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले फोहोरहरूलाई कुहिने र नकुहिने गरी छुटाई व्यवस्थापन गर्न अपिल गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९) भाइरसका कारण नेपाल पनि उच्च जोखिममा रहेकोले सम्पूर्ण नगरवासीहरुले आ–आफ्नो घर, पसल, उद्योग, कल कारखाना, व्यवसाय तथा कार्यालय, आदिबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुटाई सकेसम्म कुहिने फोहोरलाई आफ्नै घरको करेशावारीमा व्यवस्थापन गर्नु हुन अपिल गरेको हो ।

त्यसैगी नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाली फोहोर लिन आएका गाडीमा राखि फोहोर व्यवस्थापन कार्यमा सहजीकरण गरी जोखिम न्यूनीकरण कार्यमा सहयोग गरिदिनु विभाग अपिल साथै अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्