मलेसिया सरकारले थप्यो आवागमनको समयावधि



काठमाडौं : मलेसिया सरकारले आवागमनको आदेशको समयावधि थप गरेको छ । कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न आवागमनको आदेशको समयावधि थप गर्ने निर्णय मलेसिया सरकारले गरेको हो ।

मलेसियामा रहेको नेपाली राजदूतावासले बुधवार एक सूचना जारी गर्दै १८ देखि ३१ मार्चसम्म लागू गरेको आवागमन आदेशको समयावधि थप गरेर १४ अप्रिल २०२० सम्म लागू हुने जनाएको छ ।

साथै दूतावासले मलेसियामा रहेका नेपालीहरुलाई सो अवधिभर मलेसिया सरकारको आवागमन नियन्त्रण आदेशको पालना गर्न आग्रह गरेको ।

प्रतिक्रिया दिनुहोस्