सिन्धुपाल्चोकमा लकडाउनको अवज्ञा गर्ने १५० जना नियन्त्रणमा


मेलम्ची : सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताए ।

नागरिककै हितका निम्ति कोरोना भाइरस सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति