ऋतिक रोशन र सुजैन खान डिर्भोसको सात वर्ष पछि ‘अस्थायी’ रूपमा सँगै



एजेन्सी– ऋतिक रोशन र सुजैन खान दुई यस्ता व्यक्ति हुन् जसले वर्षौंको लागि सह–अभिभावकीय लक्ष्य राखेका छन्। सन् २०१४ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो तर त्यसबेलादेखि नै उनीहरूको व्यवहार सौहार्दपूर्ण नै रहेको छ ।

सम्बन्धविच्छेद पछि उनीहरू श्रीमान–श्रमिति रहेनन् तर उनीहरूले अभिभाकका रुपमासँगै नभाउनु पर्ने जिम्मेवारीबाट कहिले पनि पछि हटेनन् । उनीहरू आफ्ना छोराहरू ह्रेहान र ह्रिदानसँगै छुट्टि मनाउन धैरे पटकसँगै गएका पनि छन् ।

सम्बन्धविच्छेद पछि ऋतिक र सुजैनको सम्बन्ध साँच्चै प्रेरणादायी छ किनकि उनीहरूले आफ्ना छोराहरूको लागि सकारात्मक र स्वस्थ ठाउँ निर्माण गरेका छन्।

कोरोनाभाइरसको प्रकोपको बेला भारत आगामी २१ दिनसम्म पूर्ण लक डाउन गरिएको छ । ऋतिक र सुजैन फेरि प्रमाणित गरेका छन उनीहरू कसरी अन्य सम्बन्धविच्छेद गरेका अभिभावकबाट फरक छन् ।

लकडाउनको अवधिका लागि सुजैन ऋतिकको घरमा सरेकी छन् ताकि उनी आफ्नो छोराहरूसँग क्वारेन्टाइनको समयमा बिताउन सकुन् ।

ऋतिकले सुजैनलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद पनि दिएका छन् । उनले अभिभाकत्वको यात्रामा आफूलाई सहयोग गरेको र परिस्थीतिहरू बुझेको पनि उल्लेख गरेका छन् ।

साथै उनले लेखेका छन्– ‘हाम्रा बच्चाहरूले त्यही कथा भन्ने छन् जुन हामीले उनीहरूका लागि सिर्जना गछौं ।’

प्रतिक्रिया दिनुहोस्