प्रदेश १ मा १ सय १२ जना क्वारेन्टाइनमा भर्ना, ५ जनाको आइसोलेसनमा उपचार हुँदै



विराटनगर : प्रदेश नम्बर १ मा विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ जना भर्ना भएका छन् ।

कोरोनभाइरस संक्रमणको आशंकामा प्रदेशका विभिन्न जिल्लामा रहेका क्यारेन्टाइनमा १ सय १२ र ५ जनाको आइसोलेसनमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साथै ६९ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो तथ्यांक बुधबार साँझसम्मको हो । साथै ६९ जना मोम
प्रदेश १ का प्रायः सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्