अभिनेत्री झरना थापाको आज जन्मदिन, कति वर्ष पुगिन् त ?



काठमाडौं : झरना थापा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । प्युठान जिल्लामा जन्मिएकी झरनाले अभिनेत्री मात्र होइन एउटा सफल निर्देशकको रुपमा पनि आफ्नो छवि बनाइसकेकी छन् ।

आज उनले आफ्नो ४० औँ जन्मदिन मनाउँदैछिन् । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण उनी घरमै छिन् र आज उनले घरमै परिवारसँग जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई पति सुनिल कुमार र आफन्ता शुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिएका छन् ।

चलचित्र दाइजोबाट चलचित्र क्षेत्रमा प्रवेश झरनाले यस क्षेत्रमा करिव दुई दशक समय खर्चि सकेकी छिन् । बाल्यकालमा बैंकर भएर सुटमा सजिएर अफिस जाने सपना साँचेकी झरना कल्पनै नगरेको चलचित्र क्षेत्रमा प्रवेश गर्न पुगिन् ।

नृत्य विषय लिएर पढेकी झरना कलेज पढ्दा उनको नृत्य र रूप हेरेर साथीहरूले कलाकार बन आग्रह गर्थे । क्रममा उनले चलचित्र दाइजोमा छोटो भूमिकामा अभिनय गर्ने अवसर पाइन् ।

निर्माता सुनीलकुमार थापासँग विवाह गरेपछि झरनाले चलचित्र धर्मसंकटबाट नायिकाका रूपमा उदाइन् ।

प्रतिक्रिया दिनुहोस्