उच्च क्षमताको मास्क उद्योग स्थापनाका लागि भारतले पठायो सम्पूर्ण उपकरण



काठमाडौं : नेपालमै एक उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना छिट्टै हुने भएको छ । उक्त उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको मागअनुसार भारतबाट पठाइसकिएको छ । जगदम्बा गुप्रले माग गरेको एक हप्ता भित्रमै आवश्क सबै उपकरणहरु नेपाल भित्रिसकेको छ ।

ती उपकरण गुजरातबाट सुनौली आईपुग्न जम्मा एक हप्ता लागेको थियो जबकी सामान्यता रुपमा भारतबाट नेपाल आउने कन्टेनरलाई आईपुग्न कम्तीमा १५ दिन लाग्ने गर्दछ । भारतीय अधिकारीको तदारुकता र दिनरातको कठिन परिश्रमका कारण छोटो समयमै सो उद्योगको स्थापनाको लागि आवश्यक उपकरणहरु नेपाल आइपुगेका हुन् ।

यसैगरी कोरोनोविरुद्ध आवश्यक मेडिकल सामाग्रीहरुको १५ वटा थप कन्साइनमेन्टहरु पनि गत हप्ता नेपाल आईपुगेको हो । भारतीय अधिकारीहरुले नेपालतर्फ आउने सबै कन्साईमेन्ट थथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गभ्भिर देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्