ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण बढ्नसक्ने सम्भावना



जनकपुरधाम : कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले देशभर एक साताका लागि ‘लक डाउन गरेपनि ग्रामीण क्षेत्रमा यसको उल्लंघन भएको देखिएको छ ।

प्रदेश २ को ग्रामिण क्षेत्रहरुमा ‘लकडाउन’ पूर्ण कार्यान्वयन भएको छैन । धनुषाको सबैला र शहिदनगर नगरपालिकाको ग्रामीण क्षेत्रमा सरकारको निर्णयको बेवास्ता गर्दै मानिसहरु लकडाउनको कुनै ख्याल नै नगरि घर बाहिर निर्वाधरुपमा निस्केको देखिएको छ ।

ग्रामीण क्षेत्रमा प्रहरी प्रशासनको न्यून उपस्थिति रहेकाले लकडाउनको असर नपरेको स्थानीय दिपक पटेलले बताए ।

उनले भने,‘शहरबजारमा मात्रै केन्द्रित भएर सुरक्षा निकायले प्रहरी परिचालन गरि देशभरि लकडाउन हुँदैन । अब गाउँगाउँमा प्रहरी परिचालन गरे मात्र लकडाउन पूर्णरुपले कार्यान्वयन हुन्छ । अन्याथ कोरोनाको जोखिमबाट हमिलाइ कसैले पनि बचाउन सक्दैन।’

सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरुलाई यस समस्यातर्फ समयमै ध्यानाकर्षण गर्दै आम मानिसलाई पनि लकडाउनको पुर्ण पालना गरि सचेत नागरिकको परिचय दिन उनले सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्