नेपालमा रहेका आफ्ना नागरिकलाई फर्काउँदै अमेरिका



काठमाडौं : नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले फर्काउने प्रक्रिया थालेको छ।

नेपालबाट अमेरिका प्रस्थान गर्ने अमेरिकी नागरिकलाई सघाउन नेपाल सरकारसँग औपचारिक आग्रह गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।

फर्किन चाहनेलाई फारम भर्न आग्रह गर्दै दूतावासले यो प्रक्रियाका लागि समय लाग्ने भएकाले धेर्य राख्न र बसिरहेकै स्थानमा रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्