परराष्ट्र मन्त्रालयले भन्यो–‘तपाईंहरुको नागरिक हाम्रो देशमा सुरक्षित छन्, हाम्रा नागरिकलाई पनि सुरक्षित राख्नुहोला’


काठमाडौं : परराष्ट्र मन्त्रालयले विदेशमा रहेका आफ्ना नेपाली नागरिकहरु रहेका सम्बन्धित ३० राजदूतावास र तीन स्थायी नियोगमार्फत नागरिकहरुलाई सुरक्षित गर्न आग्रह गरेको छ ।

नेपालमा आउने अन्तर्राष्ट्रिय नाकाहरु लकडाउनका कारण तीन दिनदेखि बन्द भएपछि मन्त्रालयले विशेमा रहेका आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न आग्रह गरेका हुन् ।

मन्त्रालयले सम्बन्धित मुलुकलाई पठाएको सन्देशमा तपाईका नागरिक हाम्रो देशमा सुरक्षित छन्, हाम्रो नागरिकलाई पनि सुरक्षित साथ राखिदिन हुन अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपालमा रहेका सम्बन्धित मुलुकहरुका नागरिकहरुलाई पनि नेपाल सरकारले सुरक्षित रुपमा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित नेपाली नियोगहरुका राजदूत तथा नियोग प्रमुखहरुसँगको भिडियो कन्फरेन्समा पनि विदेशमा रहेका नेपालीहरुलाई त्यहाँको सरकारले गरिरहेको सुरक्षाको बारेमा जानकारी दिएका थिए ।

मन्त्री ज्ञवालीले कोरोनाभाइरसका कारण मुलुक लकडाउनको अवस्थामा हुँदा नेपालीहरुलाई भिसाको समस्या पर्ने भएकोले त्यस्ता विषयमा सम्बन्धित सरकारसँग कुरा गरेर हालका लागि एक पटक भएपनि समस्याको समाधान गर्न राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुमा सुरक्षित राख्न परराष्ट्र मन्त्रालयलाई समन्वय गर्न आग्रह गरेको थियो ।

सरकारले चैत ११ देखि १४ दिन आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय नाकाहरुसहित हवाई उडान पनि बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठक अझै जारी छ। शनिबार दिउँसो ४ः३५

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : केही दिन अघि काठमाण्डू प्रेस डट कममा प्रकाशित एउटा समाचार उक्त न्यूज पोर्टलको

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज (शनिबार)