कोरोना संक्रमणबाट लण्डनको हंगेरीमा बेलायती कूटनीतिज्ञ स्टिभनको मृत्यु



लण्डन : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट लण्डनको हंगेरीमा बेलायती कूटनीतिज्ञको मृत्यु भएको छ ।

बुधबार बेलायती विदेश मन्त्रालयले हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत ३७ वर्षीय स्टिभन डिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मंगलबार मृत्यु भएको बेलायती विदेश मन्त्रालयले जानकारी दिएको छ ।

सन् २००८ मा बेलायती विदेश सेवामा आबद्ध भएका स्टिभनले साउदी अरब र अफगानिस्तानमा रहेका बेलायती दूतावासमा पनि काम गरेका थिए । हंगेरीमा उनी बेलायती राजदूत आयन लिन्ड्सेको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बेलायतका अहिलेसम्म कोरोनाभाइरसबाट ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४ सय ६५ जनाको मृत्यु भएको छ ।

हंगेरीमा मात्र २ सय ६१ जना संक्रमित हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्