कोरोना संक्रमण रोक्न तीनै तहको सरकारलाई मिलेर अगाडी बढ्न संसाद यादवको आग्रह



वीरगञ्ज : कोरोनाभाइरस (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश नम्बर २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सुझाव दिएका छन् ।

संघीय संसाद यादवले बिहीबार एक प्रेस विज्ञप्ति जारि कोभिड–१९ नियन्त्रणका लागि तिनै तहको सरकारको प्रभावकारी भुमिकाको आवश्यक रहेको बताएका छन् । उनले प्रदेश नं. २ मा कोरोना संक्रमणलाई रोक्न स्थानिय सरकार तथा जनप्रतिनिहरुको सक्रियता र सहयोगमा प्रभावकारी क्वारेन्टाइन केन्द्रहरुको स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसँग माग गरेका छन् ।

सांसद यादवले विगतको दुई हप्तामा विदेशबाट आएका सबैलाई नागरिकहरुलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने अभियान वडा स्तरसम्म स्थानीय तहसंग समन्वय गरेर चलाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकताको भएको बाताउदै तिनै तहको सरकारलाई यसमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

‘विश्वस्तरमै ठूलो महामारीका फैलिएको कोरोना रोग सङ्क्रमणले सम्पूर्ण मानवजाती नै चुनौति पूर्णका अवस्थाबाट गुज्रीरहेको छ । रोगको सक्रमणलाई फैलिन नदिन संघीय सरकारले लकडाउनको घोषण गरे तापनि रोगको महामारीलाई मध्यनजर गर्दै चेकजाँच र सङ्क्रमित व्यक्तिको उपचारको लागी पनि हामीलाई तैयार रहनु पर्ने अहिलेको मुख्य चुनौति भएकोले कोरोनाभाइरस जाच्ने ‘एनटिजेन डिटेक्सन रिएजेन्ट’ (किट) किन्न संघीय, प्रदेश सरकार र स्थानीयसँग यसै प्रेस विज्ञपितको माध्यमबाट हर्दिक आग्रह गर्दछु,’ प्रेस विज्ञप्तिमा लेखिएको छ ।
त्यसैगरि समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका यादवले जनताका आधारभूत आवश्यकताहरुमा तिनै तहका सरकारको सहयोग र साथ यतिखेर अपरिहार्य भएको बताउदै संघीय सरकारले देशव्यापी रूपमा गरेको ‘लकडाउन’ले गर्दा आम मजदुर, दैनिक ज्यालादार, सरफाइकर्मी, साना रोजगार गरेर आजीविका चलाउनेहारु, रिक्सा ठेला चालाउनेहरु, कृषि श्रमिक र गरिब तथा असहाय बर्ग समस्यामा परेको छ र घर घरमा दैनिक उपभोग्य सामग्रीको अभावको उत्पन्न दुःख व्यक्त गरेका छन् ।

उनले मानिसहरूले बाच्नका लागि चाहिने उपभोग्य बस्तुको आपूर्तिमा आम मानिसको लागि समस्या समाधान गर्ने संयन्त्र अबिलम्ब स्थापना गर्नको सरकार संग माग गर्दै एउटा हेल्पलाईन हेल्पलाइनको स्थापना गरेर जनताको सहयोगीका रुपमा अगाडि आउन संघीय, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिएका छन् ।

प्रेस विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रदेश नम्बर २ का नागरिकहरुको जीवन रक्षाका लागि यस चुनौतिपूर्ण घडीमा प्रदेश सरकारले गरेको सहयोगी भुमिका अझ बढाउन अनुरोध गर्दछु । प्रदेश नम्बर २ का नागरिकहरुको जिवन रक्षाका लागि सहयोगी बन्न अनुरोध छ । प्रदेश नम्बर २ मानव सुचकांकको आधारमा पिछडीएको प्रदेश रहेको र रोगका कारण उत्पन्न भएको वर्तमान चुनौतीपूर्ण अवस्थामा आवश्यक स्वास्थ्य सेवाका लागि पूर्वाधार, उपकरण, प्राविधिक क्षमता र औषधी आपुर्तीमा यहाँ बिशेष ध्यान दिन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्