इन्डक्सनमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट


काठमाडौं– सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउँने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरी इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन् । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ ।
मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए ।

‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने– ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’ मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे ।

‘महसुल छुट नदिँदा पनि ग्यासभन्दा इन्डक्सन सस्तो पर्छ’, उनले भने, ‘छुटपछि त झन् सस्तो पर्न आउँछ ।’ विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ । यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले स्पष्ट गरे ।

कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ ।

बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ ।

यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो । यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार

काठमाडौं : वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय वृद्धमा कोरोन संक्रमण भएको पुष्टि

काठमाडौं– सोमबार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल