उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन मानवअधिकार आयोगको आग्रह



काठमाडौं : लकडाउनका बेला सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

यस्तै, उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तीनका परिवारहरूको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्