कोरोनाका कारण नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित



काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने दोस्रो चरणको सिरिज स्थगित भएको छ ।

सिरिजमा नेपाल सहित घरेलु टोली नामिबिया र स्कटल्याण्ड सहभागी हुने तय थियो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नामिबियामा हुने सातौं चरणको सिरिज स्थगित भएको जनाएको छ ।

आईसीसीले विज्ञप्ति जारी गर्दै जुन ३० भन्दा अघि रहेका सबै प्रतियोगिता सरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्