कान यसकारण कोट्याउनु हुँदैन



-केही मानिस सेफ्टी पिन, हेयर पिन आदिले कान कोट्याउँछन् । कान कोट्याउनका लागि फुटपाथमै उपकरणहरू किन्न पाइन्छ । केही मानिस कान सफा गर्नुलाई सहज र आनन्ददायक उपाय ठान्छन् ।

 

-तर, यी तमाम विषयसँगै कान कोट्याउँदा तपाईंलाई फाइदा हुन्छ वा बेफाइदा भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ । प्रायः चिकित्सक कान सफा गर्नु आवश्यक नरहेको बताउँछन्, किनकि कान आफैँ सफा हुने अंग हो । कानकोे इन्फेक्सनबाट जोगाउन र पानीले बिगारेको कानको भित्री भागलाई ठीक गर्नका लागि कानेगुजी बनेको हुन्छ ।

 

-कहिलेकाहीँ कान सुक्खा हुँदा वा दुख्दा वा इन्फेक्सनको कारणले खराब हुँदा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । यदि कानमा कानेगुजी भरिएको छ भने कहिलेकाहीँ यसलाई कसरी हटाउने भनेर डाक्टरसँग सल्लाह लिनुहोस् । डाक्टरले दिएको केही थोपा औषधि प्रयोग गरेर यसलाई हटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्