लकडाउन : कालोबजारी गर्ने ३ जना पक्राउ




काठमाडौं : कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि आलु र प्याजको कालो बजारी गर्ने ३ व्यापारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालो बजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कदम चोकका ४८ वर्षिय प्रदीप अग्रवाल, वडा नं.४ महावीर चोकका २० वर्षिय अंकित साह र वडा नं.४ महावीर चोकका विकासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी ५० र प्याज प्रतिकेजी १०० मा बिक्री गरिरहेको जनाइएको छ । पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्