लण्डनमा कोरोनाबाट अर्का एक नेपालीको मृत्यु



लण्डन : लण्डनमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीले साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको कोरोना संक्रमणमा मृत्यु भएको पुष्टी गरेको हो । उनको गत सोमबार बिहान निधन भएको हो ।

यसअघि गत साता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

लण्डनमै रहेका मृतक अर्याल नातेदार पदम कार्कीले बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो ।

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार अस्पताल लगिएको थियो । स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।

चितव पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए ।

यता लण्डनमा कोरोनाबाट नेपालीको मृत्यु भएपछि उनीहरुको परिवारलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ भने मृतकको परिवारका अन्य सदस्यमा भने अहिलेसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्